ओलम्पिक क्वालीफाईंग मार्कदेखि सामान्यले गर्दा चुकिन् ज्योति याराजी

IMG-20240523-WA0294.jpg

हेलसिन्की: एशियन गेम्समा रजत पदक विजेता ज्योति याराजीले आफ्नो राष्ट्रिय रेकर्डको बराबरी गर्दै मोटोनेट जीपी ज्यवास्किला एथलेटिक्स मीटमा महिलाहरूकी १०० मीटर वाधा दौड़ स्पर्धा जिते पनि पेरिस ओलम्पिकको निम्ति मामूली अन्तरले गर्दा फेरि क्वालीफाई गर्न सकिनन्। फिनल्याण्डको हरजुन स्टेडियममा बुधवार भएको स्पर्धामा याराजीले राष्ट्रिय रेकर्डको बराबरी गरिन् तर पेरिस ओलम्पिकको क्वालीफाईंग मार्क पार गर्नदेखि ०.०१ सेकेण्डले गर्दा चुकिन्। यस सीजनमा आफ्नो तेस्रो आउटडोर प्रतियोगितामा प्रतिस्पर्धा गर्दा याराजीले जमैकाकी क्रिस्टल मरिसन (१२.८७ सेकेण्ड) र फिनल्याण्डकी लोटा हराला (१२.९५ सेकेण्ड)-लाई पछि छोड़्दै दौड़ जितिन्। उनी गत वर्ष चेंगदूमा वर्ल्ड यूनिभर्सिटी गेम्समा पनि यही अन्तरले ओलम्पिक क्वालीफाईंग मार्क पार गर्नदेखि चुकेकी थिइन्। पेरिस २०२४ ओलम्पिकको निम्ति क्वालीफिकेशन अवधि यस साल ३० जूनमा समाप्त हुनेछ। यसबीच तेजस शिरसेले पुरुषहरूका ११० मीटर वाधा दौड़मा १३.४१ सेकेण्डको समयसहित नयाँ राष्ट्रिय रेकर्ड बनाए।

About Author

Advertisement