गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले बुद्ध पुर्णिमा (सागा दावा) को शुभ अवसरमा सिक्किमका जनसाधारणमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमा जारी सन्देशमा भनेका छन्, भगवान बुद्धको ज्ञानले हाम्रो मार्गलाई उज्यालो बनाइदिउन् अनि हामीलाई प्रेम, शान्ति र सद्भावतर्फ लैजाउन्।
यस पर्वले हाम्रा सँगी सिक्किमेहरू बीचको एकतालाई बलियो र हाम्रो सम्बन्धलाई गहिरो बनाओस् ।यस अवसरले भगवान बुद्धका शिक्षाको प्रसारलाई बढावा दिने छ र मानिसहरूबिच अझ भावनात्मक र आपसी समझदारीलाई बढाउने छ भनी मुख्यमन्त्रीले आशा व्यक्त गरेका छन्।










