काेलकाता: श्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुद्ध पूर्णिमाको अवसरमा राज्यवासीहरूलाई शुभकामना दिएकी छन्। उनले माइक्रो ब्लगिंग साइट एक्समा पोस्ट गरी यो शुभकामना व्यक्त गरेकी हुन्। बुद्ध पूर्णिमा बौद्ध धर्मावलम्बीहरूको लागि एक प्रमुख पर्व हो र यसलाई वैशाख महिनाको पूर्णिमामा मनाइन्छ। यस अवसरमा गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति, र महानिर्वाण तीनवटै घटना भएको मानिन्छ।










