सिलगढी: सन्त समुदायमाथिको जघन्य आक्रमणलाई हिन्दू समाजले स्वीकार गर्नेछैन भन्दै विरोध गरिएको छ। राज्यका मुख्यमन्त्रीले हिन्दू सन्त सन्यासी विरुद्ध गरेको टिप्पणीको विरोधमा एकजुट भएर सम्पूर्ण हिन्दू समुदायले भोलि सिलगढीमा बङ्गिय सन्यासी समाजको ब्यानरमा विशाल विरोध र्याली निकाल्ने भएको छ। यस अवसरमा आज सिलगढीमा बङ्गिय सन्यासी समाजले पत्रकार सम्मेलन आयोजना गरेको थियो। सिलगढी भारत सेवाश्रम संघका स्वामी धर्मात्मानन्द जी महाराजले संस्थाको तर्फबाट सिलगढी र सम्पूर्ण उत्तर बंगालका हिन्दू समुदायलाई भोलि अर्थात २४ मईमा दिउँसो ३.३० बजेदेखि शुरु हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। यस अवसरमा विश्व हिन्दू परिषद्का उत्तर बंगाल अध्यक्ष लक्ष्मण बंसलले सनातन धर्म, कलाका लागि भारतलगायत विश्वमै प्रसिद्ध बंगालको पवित्र भूमिमा हिन्दू धर्मका सन्तहरूमाथि भएको यस्तो हिंस्रक र अभद्र आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। संस्कृति र सन्तानमाथि भएको यो अन्यायको विरोधमा हिन्दू समुदायलाई बङ्गाल सन्यास समाजले आयोजना गरेको विशाल विरोध र्यालीमा सहभागी हुन आह्वान गरेको छ। पत्रकार सम्मेलनमा श्री अदनानन्दजी महाराज, स्वामी किशोरीजी महाराज र श्री राजेनजी शर्मा, समाज सद्भावना र अन्य पनि उपस्थित थिए। – न्यूज एसिया









