गर्मीमा भक्तजनका लागि चिसो पानी र सरबतको व्यवस्था

IMG-20240523-WA0269

उत्तर दिनाजपुर: बुद्ध पूर्णिमाका अवसरमा प्रमुख समाजसेवी एवं दलखोला नगरपालिका–८ का वार्ड निवासी विकास गुप्ता (सोनु)ले कटनकाली मन्दिरमा आएका भक्तजनको सेवा गरेका छन्।  हरेक वर्ष झै यस वर्ष पनि बुद्ध पूर्णिमाका दिन दलखोलामा कटनकाली पूजाको आयोजना गरिएको छ। हरेक वर्ष झै यस वर्ष पनि कटनकाली मन्दिरमा दर्शन गर्न टाढा टाढाबाट हजारौं भक्तजनको घुइँचो लागेको छ। यो अवधिमा अत्यधिक गर्मी हुन्छ। यही सोचेर हरेक वर्ष झै यस वर्ष पनि उनले भक्तजनका लागि चिसो पानी र सरबतको व्यवस्था गरेका छन्। टाढा टाढाबाट आएका भक्तजनले सरबत पिएर समाजसेवीलाई धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement