सिलगढी नगर निगमले शुरु गर्यो नदीहरूको सफाई कार्य

d37c0623-683d-439c-a45b-6b403af5b4e5-1024x473.jpg

सिलगढी: सिलगढी नगर निगमले शहरको नदीहरूलाई तिनीहरूको पुरानै लयमा फर्काइ ल्याउनका लागि काम गरिरहेको छ। महानन्दा एक्शन प्लान अन्तर्गत नगर निगमले सिलगढी शहर लगायत यसको संलग्न ठाउँमा रहेका अन्य नदीहरूको सफाई कार्य शुरू गरेको छ। प्राप्त जानकारी अनुसार, नदीको सफाई सँगै नदी संलग्न इलाकाको सौन्दर्यीकरणलाई लिएर पहिलो चरणमा मोठ १० करोड रूपियाँको काम गरिरहेको छ। वर्षाको मौसममा नदीको जलस्तर सामान्य रहोस् साथै बाढको स्थिति उत्पन्न नहोस् भन्ने उद्देश्य लिएर नदी सफाईको काम शुरू गरिदिएको बताइएको छ। यसबारे मेयर गौतम देवले भने, धेरै समयदेखि नदीहरूको स्थिति खराब थियो। गत बोर्डले नदी सुधारको लागि कुनै कदम उठाएन तर तृणमूलको नेतृत्वमा रहेको बोर्डले यो काम शुरू गरिदिएको छ। स्वतन्त्र पछि पहिलो पल्ट सिंचाई विभागले नदीहरूको सफाई गरिरहेको छ। तिनले भने, फुलेश्वरी, जोडापानी, महिषमरी र साहू नदीमा पनि काम गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement