सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु

IMG-20240522-WA0094.jpg

झापा: सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। बुधबार मई २२मा राति ९ बजेतिर सुनसरीको कोसी गाउँपालिका-८ भण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको एम्बुलेन्सले नाम, थर, वतन नखुलेको, मानसिक सन्तुलन ठीक नभएकोजस्तो देखिने पुरुषलाई ठक्कर दिँदा मृत्यु भएको हो। हेर्दा तराइ मुलको जस्तो देखिने, बोल्न नसक्ने अन्दाजी ५० वर्षीय पुरुषलाई ठक्कर दिँदा ती पुरुष गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारको क्रममा बिहीबार आज मई २३मा बिहानको २ बजेतिर मृत्यु भएको जिल्ला पुलिस कार्यालय सुनसरीले जनाएको छ। ठक्कर दिने सवारी साधन तत्काल फरार रहेकाले पहिचानका लागि खोजतलास भइरहेको पुलिसको भनाइ छ। एम्बुलेन्स तीव्र गतिका कारण दुर्घटना भएको पुलिसको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement