सीता एयरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

IMG-20240523-WA0278.jpg

झापा: मुगुस्थित रारा विमानस्थलमा चालू अवस्थामा रहेको विमानले ठक्कर दिँदा विमानकै कर्मचारी घाइते भएका छन्।बिहिवार मई २३मा नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारिमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सो विमानका मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम सक्त घाइते भएका हुन्। भाम विमानका चालकहरुलाई विमान उडान संकेत गरिरहेका समय चालकहरूले बोलाएपछि विमान तर्फ जाँदै गर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा घाइते भएको प्रहरी डिएसपी विरेन्द्र थापाले जानकारी दिए। घाइते भइ अचेत अवस्थामा रहेका भामलाई सीता एयरकै विमानमार्फत् उपचारका लागि नेपालगन्ज लगिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement