इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

IMG-20240523-WA0277.jpg

झापा: विदेशी मुद्रा आर्जनको एक हिस्सा बन्दै गएको चियाका लागि इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव २०८१ आयोजना गरिने भएको छ। जुन ८ देखि १०सम्म सदरमुकाम इलाम बजारमा चिया महोत्सवको आयोजना हुने आयोजक समितिका संयोजक तथा इलाम नगरपालिका प्रमुख केदार थापाले बताए।

समितिको आज मई २३मा बसेको बैठकले नेपाली चियाको बजारीकरणमा सहयोग पुग्ने र चिया पर्यटनलाई समेत टेवा पुग्ने भएकाले महोत्सव तीन दिनसम्म आयोजना गर्ने निर्णय भएको संयोजक थापाले जानकारी दिए। नेपाल पर्यटन वोर्डको सहयोगमा चिया महोत्सव गर्न लागिएको हो।

विक्रम संबत १९२० मा इलामबाटै रोपण सुरु गरिएको चिया खेती अहिले देशका विभिन्न जिल्लामा विस्तार भइसकेको छ। ‘चिया रोपण पनि इलामबाटै भएको र देशको जेठो चिया कारखाना पनि विसं १९३५ मा इलाममै स्थापना भएकाले यो महोत्सवले विशेष महत्व राख्नेछ’ संयोजक थापाले भने ‘यो महोत्सवमा चिया किसान, उद्योगी, व्यापारीहरु सहभागी गराइने लक्ष्य छ।’

समाचार स्रोतका अनुसार महोत्सवमा उत्कृष्ट उत्पादन भएका अर्थोडक्स चियाका प्रकार, टेस्टिङसहित विभिन्न स्वाद र जातका तयारी चियाका स्टल रहने जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement