खरसाङको सातकन्या देवी मन्दिरमा ३८औं नौ दिवसीय चण्डी महायज्ञ एंव लक्ष्य आहुति यज्ञ अनुष्ठानको समापन

IMG-20240523-WA0274.jpg

खरसाङ: खरसाङको वार्ड नम्बर १९ अन्तर्गत उजेरी बस्तीमा अवस्थित श्री श्री सातकन्या देवी एंव माँ कात्यायनी धाम मन्दिरमा ३८औं नौ दिवसीय चण्डी महायज्ञ एंव लक्ष आहुति यज्ञ अनुष्ठानको समापन भएको छ। गत १५ मईदेखि शुरू भएको उक्त नौ दिवसीय पूजाको आज हवन र भजन कीर्तनसहित समाप्त भएको छ। यस नौ दिवसीय पूजाको पहिलो दिन उदघाटन समारोहमा श्री श्री एक हजार आठ कृष्णानन् कालिदास परमहंस महाराज बाबाको विशेष उपस्थिति रहेको थियो। उनकै बाहुलीबाट नौ दिवसीय पूजाको विधिवत् रुपमा उदघाटन पनि गरिएको छ। उक्त नौ दिवसीय पूजाको छैटौं दिनदेखि समापनसम्म नेपालको भक्तपुरबाट आएकी कालिका माता सरस्वती र टिमद्वारा विभिन्न पूजा अर्चना गरिएको थियो।

यस नौ दिवसीय पूजा अन्तर्गत विभिन्न दिनहरूमा प्रवचन, भजन कीर्तन साथै संगीतमय र भक्तिमय माहोल सिर्जना भएको बताइएको छ। नौ दिवसीय पूजामा साई समितिको भजन मण्डली, मानव उत्थान सेवा समिति, महाकाल, चानमारी भजन टोली, सूचना अनि सांस्कृतिक विभागको कलाकारहरूद्वारा भजन प्रस्तुति, कार्निभल ब्याण्ड दार्जिलिङद्वारा पनि भजन प्रस्तुति साथै ब्रम्हकुमारी संस्थाद्वारा पनि भजन कीर्तन र दिव्य प्रवचन प्रस्तुत गरिएको जानकारी प्राप्त भएको छ। भक्तिमय, संगीतमय र आध्यात्मिक रूपमा नौ दिवसीय पूजाको समापन भएको छ।

यस नौ दिवसीय पूजा आयोजना विषयमा खरसाङको श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धाम मन्दिर निर्माण समितिको महासचिव हेमन्त दर्नालले पत्रकारहरूसित कुराकानी गर्दै नौ दिवसीय पूजा सफलतापूर्वक सम्पन्न भएकोमा सबै सहयोगीहरूप्रति आभार प्रकट गरेका छन्। उनले नौ दिनसम्म मन्दिरमा शान्तिपूर्ण र भक्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement