सिलगढी। सिलगढी नगर निगमले सिलगढी क्षेत्रमा डेङ्गु रोगलाई फैलिन नदिनको लागि मैदानमा ओर्लिएको छ। यसको साथै भेक्टर कन्ट्रोल टीमहरूको सङ्ख्या पनि बढाइरहेको छ। डेङ्गुबारे आम जनतालाई जागरूक गर्नको लागि नगर निगमको तर्फबाट पर्चाहरू पनि मानिसहरूलाई वितरण गर्नको साथै सडक नाटकहरूको माध्यमद्वारा पनि जागरुक गराइने भएको सिलगढी नगर निगमका मेयर गौतम देवले आज जानकारी दिएका छन्। मेयर गौतम देवले आज शनिवार सिलगढी नगर निगमको मेयर परिषदहरूसित डेङ्गु लगायत अन्य विविध विषयमा बैठक गरे। उक्त बैठकपछि तिनले पत्रकारहरूलाई बताएअनुसार डेङ्गुबारे मानिसहरूलाई जागरुकता फैलाउनको लागि अझ शिविरहरू तथा माइकिङ पनि गरिने छ।