जलपाईगढी जिल्ला भाजपाद्वारा रामकृष्ण मिशनमा भएको आक्रमणको कडा निन्दा

IMG-20240523-WA0254

जलपाईगढी: (न्युज एशिया) जलपाईगढी जिल्ला भाजपाले रामकृष्ण मिशनमा भएको आक्रमणको कडा निन्दा गरेको छ। जलपाईगढी जिल्ला भाजपा समितिले आज एक पत्रकार सम्मेलनको आयोजना गरी सिलगढी स्थित रामकृष्ण मिशन आश्रमका स्वामीहरूमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ। जलपाईगढी जिल्ला भाजपा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भाजपा विधायक दीपक बर्मन, जिल्ला अध्यक्ष बापी गोस्वामी शाह र अन्य भाजपा नेताहरू उपस्थित थिए। भाजपाका विधायकले भने, ‘रामकृष्ण मिशनका भिक्षुहरूले मानवताको सेवा गर्छन्, मानिसहरूको यो धार्मिक संस्थामा धेरै विश्वास छ, तर यो लज्जास्पद कुरा हो कि यस संस्थामा भू-माफियाले आक्रमण गर्यो, तर पुलिसले स्वामीहरू विरुद्ध मात्र मुद्दा दायर गर्यो। यो भन्दा लाजमर्दो कुरा के हुनसक्छ बंगालमा सन्त र स्वामीहरुलाई समेत यातना दिइन्छ। जति निन्दा गरे पनि काम हो।‘ दीपक बर्मनले भने, ‘मुख्यमन्त्री ममता ब्यानर्जी २०१० देखि उच्च अदालतले ओबीसी प्रमाणपत्र रद्द गर्ने मुद्दाको लागि जिम्मेवार छ।‘ -न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement