सिलगढी: सालुगढास्थित आश्रम पुनः रामकृष्ण मिशनलाई हस्तान्तरण गरिएको छ। गत आइतबार सालुगरास्थित रामकृष्ण मिसनमा भूमाफियाले आक्रमण गरेपछि पुलिसले तालाबन्दी गरे पनि अहिले पुलिसले पुनः आश्रम रामकृष्ण मिशनलाई हस्तान्तरण गरेको छ। आज रामकृष्ण मिशनका पुलिस अधिकारी र स्वामीजीहरू ठूलो संख्यामा यस आश्रममा पुगेका थिए।

पत्रकारसँग कुरा गर्दै रामकृष्ण मिशनका सचिव शिवप्रेमानन्द महाराजले भने, ‘पुलिसले आश्रम हामीलाई हस्तान्तरण गरेको छ। आज हामी यो आश्रममा सामान छोडिएको छ कि भनेर हेर्न आएका थियौं। हामी सबै सामान जाँच गर्न आएका छौं।‘ उनले आजबाट सामाजिक कार्य होस् वा अध्यात्मिक कार्य सबैको थालनी हुने बताए। उनले आश्रम हस्तान्तरण गर्नु सकारात्मक पहल भएको बताए। गत १९ मईको मध्यरातमा भूमाफियाले रामकृष्ण मिशनको आश्रममा प्रवेश गरी सन्तहरूमाथि आक्रमण गरेका थिए। उनीहरूलाई कुटपिट गरेर र सन्तहरूलाई आश्रमबाट बाहिर भगाएको आरोप थियो। -न्यूज एसिया










