सिलगढी: कन्टेनरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छl घटना नक्सलबारीको हथिघिसा क्षेत्रमा भएको होl मृतकको नाम खुशीराम गुरुङ बताइएको छ, उनी हथिघीसा क्षेत्रका बासिन्दा थिए। उनी बिहीबार बिहान मर्निङ वाकमा निस्किएको बताइएको छ। त्यसपछि बागडोग्राबाट आएको कन्टेनरले उउनलाई पछाडिबाट ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको समाचार छ। घटनाको जानकारी पाएलगत्तै नक्सलबारी पुलिस घटनास्थलमा पुगेर शव बरामद गरी पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाएको छ। अर्कोतर्फ कन्टेनर चालक कन्टेनरसहित घटनास्थलबाट फरार भए पनि कन्टेनरलाई खोरीबारी क्वार्टर चोकमा नियन्त्रणमा लिए पनि चालक भने फरार छन्। नक्सलबारी थानाले घटनाको सम्पूर्ण अनुसन्धान शुरु गरेको छ। -न्यूज एसिया










