सिलगढी: एनजेपी पुलिस थाना इलाकामा ६५ वर्षीया मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेको आरोप लागेको छ। स्थानीयले आरोपितलाई रंगेहात पक्रेर पुलिसलाई बुझाएका थिए। बुधबार भएको यो घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। वृद्धा हिजो घरमा एक्लै रहेको बताइएको छ। खाली घरको फाइदा उठाउँदै अकबर अली नामक व्यक्तिले वृद्धाको घरमा पसेर बलात्कार गरेको आरोप छ।

त्यही बेला बुढीकी छोरी घरमा आइन्। त्यसपछि छोरी चिच्याएको सुनेर स्थानीयवासीले घटनास्थल पुगेर व्यक्तिलाई रंगेहात समातेका थिए। पछि ती व्यक्तिलाई एनजेपी थाना पुलिसको जिम्मा लगाइएको थियो। यसैबीच गएराति पलिस थानामा लिखित उजुरी पनि परेको छ।











