पुनरागमन गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा होः सेमसन

IMG-20240523-WA0160.jpg

अहमदाबाद: राजस्थान रोयल्सले आईपीएल २०२४-को एलिमिनेटर म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-लाई ४ विकेटले पराजित गरी क्वालीफायर २-मा स्थान बनायो, जहाँ उनीहरूका सामना सनराइजर्स हैदराबादसँग हुनेछ। आरसीबी-को टीम लगातार ६ वटा म्याच जितेर अहमदाबाद आएको थियो तर बुधवार राति टीमले हारको साथ टुर्नामेण्टबाट बिदा लियो। यसअघि पाँचवटा म्याचमा जीतको मुख नदेख्ने रोयल्सले आरसीबी विरुद्ध जीतको लय हासिल गरेपछि टीमका कप्तान सञ्जु सेमसनलाई खुशी देखियो। म्याचपछि रोयल्सका कप्तानले भने, यस खेलमा कहिले खराब समय आउँछ त कहिले राम्रो समय पनि आउँछ। यसैकारण पुनरागमन गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। आज टीमको ब्याटिंग, बलिंग र फील्डिंग शीर्ष स्तरको रह्यो अनि म खुशी छु। यसको श्रेय सबै खेलाड़ीहरूलाई जान्छ। हामीले योजना अनुसार फील्ड सेट गऱ्यौं। यसको निम्ति पूरा श्रेय सांगा (कुमार संगकारा) र सहयोगी स्टाफहरूलाई जान्छ। अश्विन र अवेशले असाधारण बलिंग गरे। हाम्रो ब्याटिंग एकाईमा अधिकांश खेलाड़ीहरू नै युवा छन्। अनुभवको कमी भए पनि सबैले असल प्रदर्शन गरे। टीममा सबै आफ्नो शत प्रतिशत लयमा छैनन् तर अहिले टीममा आत्मविश्वास फर्किएको छ अनि यसले परिणाममा असर गर्नेछ।

म्याचको कुरा गर्दा टस हारेर पहिला ब्याटिंग गर्ने आरसीबी-ले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनायो। चमत्कारी पुनरागमन गर्दै लगातार ६ वटा जीतको साथ प्लेअफ्-मा स्थान बनाउने आरसीबी-को शीर्ष क्रममा सबैले असल शुरुवात गरे पनि कसैले क्रीजमा समय बिताउन सकेनन्। यसैकारण टीमले ठूलो स्कोर बनाउन सकेन। रजत पाटीदारले सर्वाधिक ३४ रन बनाए। यसबाहेक विराट कोहलीले ३३, महिपाल लोमरोरले ३२ र क्यामरन ग्रीनले २७ रन बनाए। रोयल्सका बलरहरूमा अवेश खानले सर्वाधिक ३ विकेट लिए। यसरी रविचन्द्रन अश्विनले ४ ओभरमा केवल १९ रन खर्च गरी २ विकेट लिए। त्यसपछि रोयल्सले १ ओभर बाँकी रहँदै ६ विकेटमा १७४ रन बनाएर म्याच जित्यो। ओपनर यशस्वी जयसवालले ८ वटा चौकाको साथ ३० बल खेलेर सर्वाधिक ४५ रन बनाए। यसबाहेक रियान परागले ३६, शिमरोन हेटमायरले २६ र टम कोहलर-काडमोरले २० रनको योगदान दिए। रोवम्यान पवेल (अविजित १६)-ले छक्काको साथ रोयल्सलाई जीत दिलाए। आरसीबी-का बलरहरूमा मोहम्मद सिराजले सर्वाधिक २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement