म्याच हारे पनि कोहलीको कीर्तिमान

IMG-20240523-WA0149.jpg

अहमदाबाद: आईपीएल २०२४-को एलिमिनेटर म्याचमा राजस्थान रोयल्सले रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-लाई पराजित गरी दोस्रो क्वालीफायरमा स्थान बनायो। म्याचमा हारको सम्मुखीन भए पनि आरसीबी-का स्टार ब्याटर कोहलीले चाहिँ असाधारण उपलब्धि हासिल गरे। कोहलीले म्याचमा २४ बलमा ३ वटा चौका र एउटा छक्काको साथ ३३ रन बनाए। यस छोटो-मीठो ईनिंग्सको अवधि २९ रन बनाउनको साथै कोहली आईपीएलमा ८००० रन पूरा गर्ने विश्वका पहिलो क्रिकेटर बने। आईपीएलमा उनले भन्दा अधिक रन अन्य कसैले बनाएका छैनन्। आईपीएलमा उनको नाममा २५२ वटा म्याचको २४४ वटा ईनिंग्समा ३८.६७-को औसत र १३१.९७-को स्ट्राईक रेटले ८००४ रन रहेको छ। यसमा ८ वटा शतक र ५५ वटा अर्द्धशतक सामेल छ। आईपीएलमा सर्वाधिक रन बनाउनेहरूका सूचीमा कोहली र दोस्रो स्थानमा रहने शिखर धवनबीच १२३५ रनको अन्तर रहेको छ। धवनले आईपीएलमा २ वटा शतक र ५१ वटा अर्द्धशतकको सहायताले ६७६९ रन बनएका छन्। यस सूचीमा रोहित शर्मा (६६२८) तेस्रो, डेविड वार्नर (६५६५) चौथो र सुरेश रैना (५५२८) पाँचौं स्थानमा रहेका छन्।
आईपीएलको यस सीजनमा कोहलीले १५ वटा ईनिंग्समा ६१.७५-को औसत र १५४.६९-को स्ट्राईक रेटले ७४१ रन बनाए। यसमा एउटा शतक र ५ वटा अर्द्धशतक सामेल छ। यसअघि कोहलीले २०१६-को सीजनमा १६ वटा म्याचमा ९७३ रन बनाएका थिए। यसरी कोहली आईपीएलको दुईवटा सीजनमा ७०० भन्दा अधिक रन बनाउने पहिलो भारतीय अनि समग्रमा दोस्रो खेलाड़ी बनेका छन्। क्रिस गेलले पनि दुईपल्ट यस उपलब्धिलाई हासिल गरेका थिए। गेलले २०१२-मा ७३३ र २०१३-मा ७०८ रन बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement