खरसाङ: खरसाङको मन्टिभियट रोडमा अवस्थित टाँसी साम्तेलिङ गुम्बा अनि तामाङ बुध्दिष्ट एसोसिएशनको आयोजनामा भगवान बुद्धको २५६८औं जन्म जयन्ती आज भव्य रूपमा पालन गरिएको छ। गत १७ मई २०२४ देखि खरसाङको मन्टिभियट रोडस्थित सन् १९२५ सालमा नै स्थापित तामाङ बुध्दिष्ट एसोसिएशनको टाँसी सामतेलिन गुम्बामा सात दिवसीय पूजा भईरहेको थियो भने आज अन्तिम दिन साथै भागवान् बुध्दको जम्म जयन्तीमा भव्य कार्यक्रम साथै रैलीको आयोजना गरिएको छ।यसपालीको बुद्ध जयन्ती समारोह शताब्दी (सय वर्ष) मा प्रवेश गरेकोले सात दिवसीय पूजा सँगसँगै रक्तदान शिविर, सेमिनार, सगोष्ठी अनि अन्य कार्यक्रमहरू गरिएको छ।

बुध्द जयन्तीको अवसरमा तामाङ बुध्दिष्ट एसोसिएशनको यस गुम्बा परिसरबाट बिहान रैली निकालिएको थियो। उक्त रैली मन्टिभियटबाट टुरिस्ट लज हुँदै वर्तमान रोड भएर खरसाङ बजार परिक्रमा गरेर मोटर स्ट्याण्ड हुँदै नयाँतिर लगिएको थियो। यसको साथै नयाँ बजारबाट आकाशवाणी खरसाङ परिसबाट पंखाबारी रोड हुँदै पुन: मोटर स्ट्याण्ड भएर पार्क लोकेशनबाट गुम्बा परिसरमा नै पुगेर समाप्त भएको छ। उक्त रैलीमा बुध्दिष्ट धर्मको धर्म पुस्तक, धर्म ध्वजहरू र बिध्दको मूर्ति लिएर परिक्रमा गरिएको थियो भने ठाउँ ठाउँमा मानिसहरूले बौध्द धर्म ग्रन्थलाई ढोक गर्दै आशिर्वाद लिएका थिए। भक्ति भावको साथमा पालन मानिसहरू रैलीमा समावेस भएका थिए। उक्त बुध्द जयन्ती र सात दिवसीय पूजा समारोह विषयमा तामाङ बुध्दिष्ट एसोसिएशनको अध्यक्ष युएस तामाङले पत्रकारहरूसित कुराकानी गर्दै बुध्द जयन्तीको अवसरमा रैलीमा समावेस हुनेहरू साथै यसलाई विभिन्न प्रकारले सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उनले आजको रैलीमा सहयोग गर्ने पुलिस प्रशासनप्रति पनि आभार प्रकट गरेका छन्।

सभापति युएस तामाङले बताए अनुसार खरसाङको टाँसी सामतेलिन गुम्बामा भएको सात दिवसीय पूजा अन्तर्गत १७ मईको दिन भुम पाठ, १८ मईमा भुम पाठसितै खरसाङ महकुमा अस्पतालसित मिलेर रक्दान शिविरको आयोजना गरिएको अनि १९ र २० मईको दिन पनि भुम पाठ गरिएको जानकारी प्राप्त भएको छ। यसै क्रममा २१ मईको दिन भगवान बुध्दको १२ लिलामाथि संगोष्ठी आयोजना गरिएको जसमा डाली गुम्बाको बौध्द धर्म गुरु घेला लामा पेम्बा छिरिङ शेर्पा विशेष रूपमा उपस्थित रहेको बताइएको छ। उनले सात दिवसीय पूजाको अन्तिम दिन आज बुध्द जयन्तीको अवसरमा रैली साथै पूजा र वाङ वितरण गरिने कार्यक्रम रहेको जानकारी गराएका छन्। त्यसरी नै आजको पूजामा वाङ वितरण क्याप्जे होईसर टिल्कु रिम्पोर्छेको बाहुलीबाट वाङ अभिषेक गरी वितरण गरिने पनि बताएका छन्।










