लुम्बिनी(नेपाल): बुद्ध जयन्तिको सुअबसरमा भारतीय दुतावासले लुम्बिनी बिकास कोष र लुम्बिनी बौद्ध बिश्व बिद्यालयको सहयोगमा बूधबार मई २२मा लुम्बिनीमा बिभिन्न कार्यक्रम गरी मनाएको छl कार्यक्रमको प्रारम्भ अपरान्ह लुम्बिनी बौद्ध बिश्व बिद्यालयमा बौद्ध धर्म र बैश्विक शान्ति बिषयमा एक सेमिनारको आयोजना भयोl भारत र नेपालका विद्धानहरुले सेमिनारमा भाग लिए र आधुनिक विश्वमा भगवान बुद्धको शिक्षाका बिषयमा त्यसका प्रासांगिकताको बिषयमा आफ्नो बिचार र अंतर दृष्टि साझा गरे lकार्यक्रममा मुख्य अतिथिका रुपमा नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड उपस्थित थिएl

लुम्बिनीमा बुद्ध जयन्तीका अबसरमा कार्यक्रमका मुख्य आकर्षण बुद्ध सास्कृतिक नगर पालिका पबित्र उद्यानमा राजकुमार शिद्धार्थको प्रतिमाका समीप आयोजित चित्रकला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न भयोl कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सुन्दर चित्रकला प्रदर्शनी र जीवन्त सास्कृतिक कार्यक्रमको लागि भारतीय राजदूतावास र सबै कलाकारहरुको प्रशंसा गरेl आफ्नो स्वागत मन्तब्यमा भारतीय राजदूत नविन श्रीवास्तबले भने कि भारत र नेपालको साझा बौद्ध बिरासत र बिरासत एउटा यस्तो कडी हो जो शदियौदेखि दुबै देशका जनतालाई जोडेको छl

राजदूत श्रीवास्तबले प्रधानमन्त्रीलाई सिक्किम भवनको एक बिस्तृत थांगका उपहार भेट दिएका थिएl










