ताप्लेजुङको टिप्ताला नाका खुलाउने तयारी

IMG-20240523-WA0107.jpg

झापा: ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ। चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो।गत मार्चको अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुगेका थिए। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा गत नाका खुलाउने सहमति भएको थियो।चीनका तर्फबाट तयारी पूरा नभएकाले गत मई ६मा नाका खुलाउन नसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।उनले भने, “चीनको तर्फबाट नाका खुलाउन तयारी पूरा नभएकाले सहमतिअनुसार नाका खुलेन। यही महिना भित्र खुल्ने गरी तयारी भइरहेको छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement