झापा र मोरङबाट मोटरसाइकल चोरीमा संलग्न सात पक्राउ

IMG-20240523-WA0122.jpg

झापा: झापा र मोरङको छुट्टाछुट्टै स्थानहरूबाट मोटरसाइकल चोरीमा संलग्न सातजनालाई पुलिसले पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका- ३ र ४ स्थितमा चोरीको मोटरसाइकलहरू रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका पुलिस कार्यालय सुरुङ्गाबाट खटिएको पुलिसको टोलीले पाँचजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कनकाई- ४ का १८ वर्षीय प्रियंक कँडेल, २१ वर्षीय कृष्ण घिमिरे, १८ वर्षीय नवीन बस्नेत, १५ वर्षीय बालक र कनकाई- ३ का १८ वर्षीय सम्रिक चुडाल रहेका छन्। उनीहरूलाई मेची ९ प ६४६१ नम्बरको र प्रदेश ३-०२-००९ प ५२२१ नम्बरको मोटरसाइकलसहित पुलिसले नियन्त्रणमा लिएको हो। यता, विराटनगर महानगरपालिका- ७ बाट प्रदेश १-०२-०४४ प ७०२९ र कोशी १८ प ८८६८ नम्बरको विभिन्न कम्पनीको मोटरसाइकल चोरीमा संलग्न भारत बिहारका २० वर्षीय साजिद रजा र २८ वर्षीय एहसान सेखलाई पक्राउ परेको हो। पक्राउ परेका उनीहरूको सम्बन्धमा सम्बन्धित पुलिस कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement