बेंगलुरु: अष्ट्रेलियाई क्रिकेट टीमका पूर्व कप्तान रिकी पण्टिंगले भारतका स्टार ब्याटर विराट कोहलीको समर्थन गरेका छन्। पण्टिंग यस चमत्कारी ब्याटरलाई टी२० विश्व कपको निम्ति आदर्श खेलाड़ी मान्छन्। आईपीएल २०२४-मा १४ वटा म्याचमा ७०८ रन बनाइसकेका कोहली अहिले असाधारण फर्ममा छन् तर उनको स्ट्राईक रेटलाई लिएर चाहिँ लगातार चर्चा भइरहेको छ। दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक पण्टिंगले भने, यो साँच्चै अचम्भको कुरा हो। मेरो विचारमा भारतमा मानिसहरू उनलाई राष्ट्रिय टीममा चयन नगर्ने कारण खोज्छन् या फेरि टी२० क्रिकेटमा उनी अन्य खेलाड़ीहरू जति प्रभावशाली छैनन् भन्ने साबित गर्न चाहन्छन्। म चयनकर्ता भएको भए कोहलीलाई अवश्यै टीममा राख्ने थिए। उनी टी२० प्रारूपका आदर्श खेलाड़ी हुन् अनि यो कुनै नयाँ कुरा होइन। यसको साथमा पण्टिंगले आउँदो महिना अमेरिका र वेष्ट इण्डिजमा हुने टी२० विश्व कपमा कोहलीले कप्तान रोहित शर्मासँग ओपनिंग गर्नु पर्ने सल्लाह दिएका छन्। उनले भने, ओपनिंग जोड़ीलाई लिएर चयनकर्ताहरूले फसेला गर्नु पर्नेछ कारण यशस्वी जयसवाल पनि टीममा छन्। जयसवालको ब्याटिंग क्रममाथि फसेला गर्नु पर्नेछ कारण कोहलीले रोहितसँग ओपनिंग गरे असल हुनेछ। यस्तो भए मध्यक्रममा सूर्यकुमार र अन्य ब्याटरहरूले तेजीको साथ रन बनाउन सक्नेछन्। यसबाहेक कोहली ठूलो म्याचका खेलाड़ी हुन् अनि दबाउको परिस्थितिहरूमा उनी टीमको निम्ति अचूक हतियार साबित हुनेछन्।










