कोबे (जापान): दीप्ति जीवनजीले यहाँ जारी विश्व प्यारा एथलेटिक्स च्याम्पियनशीपमा महिलाहरूकी ४०० मीटर टी२० वर्गको दौड़मा ५५.०७ सेकेण्डको विश्व रेकर्ड समयको साथ स्वर्ण पदक हासिल गरिन्। दीप्तिले अमेरिकाकी ब्रेन्ना क्लार्ककी रेकर्ड तोड़िन्, जसले २०२३-मा पेरिसमा भएको विश्व च्याम्पियनशीपमा ५५.१२ सेकेण्डमा दौड़ पूरा गरेकी थिइन्। तेलंगानाको वारंगल निवासी दैनिक मजदूरकी छोरी २० वर्षीय दीप्तिकी यो उपलब्धि संघर्षमाथि विजयको असाधारण उदाहरण हो। केही साल अघिसम्म दीप्तिसँग प्रशिक्षणको निम्ति हैदराबाद जान बसको टिकट किन्ने पैसा पनि थिएन तर आज विश्व रेकर्डको साथ स्वर्ण पदक जितेर उनले सम्पूर्ण देशवासीलाई गौरवान्वित गरेकी छन्। दौड़मा तुर्कीकी आयसेल ओण्डर (५५.१९ सेकेण्ड) दोस्रो अनि इक्वाडोरकी लिजानशेला एंगुलो (५६.६८ सेकेण्ड) तेस्रो स्थानमा रहिन्। टी२० वर्गीकरण वौद्धिक रूपले अक्षम एथलीटहरूका निम्ति हुन्छ। दीप्तिकी एथलेटिक यात्रालाई ब्याडमिण्टन प्रशिक्षक पुलेला गोपीचन्दद्वारा सञ्चालित एथलेटिक्स प्रतिभा खोज कार्यक्रम ‘गोपीचन्द-माइत्रा फाउण्डेशन’- द्वारा पनि समर्थन दिइएको थियो। गत केही सालदेखि उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकाधिक पदक जितिसकेकी छन्।









