संघर्षपूर्ण जीतको साथ सिन्धू दोस्रो राउण्डमा

IMG-20240522-WA0320.jpg

क्वालालम्पुर: दुईपल्टकी ओलम्पिक पदक विजेता भारतीय शट्लर पीभी सिन्धूले स्कटल्याण्डकी क्रिस्टी गिलमोरलाई सीधा गेममा पराजित गरी मलेशिया मास्टर्स सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टमा महिला एकलको दोस्रो राउण्डमा प्रवेश गरिन्। लामो ब्रेकपछि खेलमा फर्किने सिन्धूलाई गिलमोरबाट कड़ा चुनौती प्राप्त भयो। यस रोमाञ्चक म्याचमा भारतीय शट्लर २१-१७, २१-१६-ले विजयी भइन्। दोस्रो राउण्डमा उनले दक्षिण कोरियाकी सिम यू जिन विरुद्ध खेल्नेछिन्। फिटनेस समस्याहरूले गर्दा विश्वकी १५औं नम्बरकी खेलाड़ी सिन्धूले यस साल उबेर कप र थाईल्याण्ड ओपनमा खेलेकी थिइनन्। पूर्व विश्व च्याम्पियन सिन्धू घुँड़ाको चोटबाट मुक्त भएर खेलमा फर्किएपछि अहिले पेरिस ओलम्पिकको तयारीमा जुटेकी छन्। पाँचौं वरीयता प्राप्त सिन्धूले आफ्नो अन्तिम खिताब २०२२-मा सिंगापुर ओपनको रूपमा जितेकी थिइन्। यसबीच मिश्रित युगलमा विश्व ऱ्याङकिंगमा ५३औं स्थानमा रहने बी सुमित रेड्डी र एन सिक्की रेड्डीको जोड़ीले हंगकंगका लुइ चुन वाई र फु चि यानकी जोड़ीलाई २१-१५, १२-२१, २१-१७-ले पराजित गरी दोस्रो राउण्डमा स्थान बनायो।

About Author

Advertisement