गान्तोक: पाकिम जिल्लाको निम्ति आज ११ वटा पोस्टल व्यालेट पाकिम जिल्लाको डाकघरबाट प्राप्त भएको छ। आज प्राप्त भएको ११ वटा पोस्टल व्यालेट पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल, महकुमा अधिकारी सन्देश सुब्बा र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा सुम्पिएको छ। भारतीय चुनाउ आयोगको नियम अनुसार आज प्राप्त भएको पोस्टल व्यालेट सम्वन्धित निर्वाचन क्षेत्र साथै मिति छुट्टाउने कार्य सम्पन्न भयो। आज प्राप्त भएको सबै पोस्टल व्यालेट जिल्ला प्रशासनिक केन्द्रमा स्थापित स्ट्रङ रूममा राखेर सील गरिएको छ। भारती चुनाउ आयोगको दिशा निर्देश बमोजिम यी सबै प्रक्रियाहरूको भीडियोग्राफी पनि गरिएको जानकारी गराइएको छ।उल्लेखनीय छ, गत १६ अप्रेलदेखि अहिलेसम्म पाकिम जिल्ला अन्तर्गत पाँचवटा निर्वाचन क्षेत्रको निम्ति ३३५ वटा पोस्टल व्यालेट आइसकेको छ।