गान्तोक: त्रिपुरा विधानसभाका उपाध्यक्ष राम प्रसाद पलले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरे। उक्त जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।

विज्ञप्ति अनुसार, यस भेट अवधि राज्यपाल र त्रिपुरा विधानसभाका उपाध्यक्षबिच सिक्किम र त्रिपुराको सांस्कृतिक समानता एवं विभिन्न विकासमूलक गतिविधिहरूमाथि सार्थक चर्चा गरियो।