राज्यपाल आचार्यले दिए सागा दावाको बधाई एवं शुभकामना

IMG-20240516-WA0245.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सागा दावाको शुभ अवसरमा सिक्किमका जनसाधारणलाई बधाई एवं शुभकामना दिएका छन्।

आफ्नो सन्देशमा राज्यपालले भनेका छन्, ‘सागा दावाको पुनीत अवसरमा म आफ्नो राज्यवासीहरूलाई बधाई एवं शुभकामना दिॅंदछु। यस अवसर शाक्यमुनि बुद्धको जन्म, ज्ञान आर्जन र निर्वाण प्राप्तिलाई चिन्हित गर्दछ।’

उनले भनेका छन्, ‘भगवान बुद्धले हामीलाई सदैव न्यायसंगत, करूणा र मानवता आधारित समाजको दिशामा कार्य गर्न प्रेरित गरेका छन्। उनका मूल मंत्र ‘अप्प दीपो भवः’ अर्थात आफ्नो दीपक स्वयं बनौं र अरूहरूको जीवनलाई पनि प्रकाशित बनाउ, हामी सबैलाई निरन्तर मार्गदर्शन गरिरहने छ।’

सिक्किमवासीले भगवान बुद्धले देखाएको बाटो अनुसरण गरेर राज्य एवं राष्ट्र निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरिरहने छन् भनी राज्यपालले विश्वास व्यक्त गरेका छन्। यस शुभ अवसरले सम्पूर्ण राज्यवासीहरूमा आपस प्रेम, सद्भाव र एकताको सूत्रलाई अझ बलियो बनाओस भनी उनले कामना पनि गरेका छन्।

About Author

Advertisement