गान्तोक: राज्यका मुख्य चुनाउ अधिकारीको निर्देशन बमोजिम आज माइक्रो अबजर्भरहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम कृषि विज्ञान केन्द्रको प्रेक्षागृहमा सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभाको र लोकसभाको मतगणना प्रक्रियालाई लिएर माइक्रो अबजर्भरहरूले पारदर्शी ढङ्गमा मतगणना सम्पन्न गराउने विश्वास दिलाए। उक्त अवसरमा माइक्रो अबजर्भरहरू चुनाउ आयोगको निम्ति आँखा र कानको भूमिका निर्वाह गर्ने र आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्ने बताए। विशेष गरेर प्रशिक्षणको क्रममा व्यावहारिक पक्षहरू, माइक्रो पर्यवेक्षकहरूको भूमिका र जिम्मेवारीहरू, इभीएमको जाँच र मतगणना प्रक्रियालाई समेटेको बताए।