नाम्ची जिल्लाकी जिल्लापालले गरिन अधिकारीहरूसँग सभा

IMG-20240522-WA0306.jpg

गान्तोक: नाम्ची जिल्लाकी जिल्लाकी जिल्लापाल अन्नपूर्ण आलेको अध्यक्षतामा जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो। यस अवसरमा वरिष्ठ पुलिस अधिक्षक डा.  टीएन ग्याछो, अतिरिक्त जिल्लापाल (मुख्यालय) अन्नत जैन लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका थिए। सभालाई सम्बोधन गर्दै जिल्लापाल आलेले आगामी २ र ४ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको मतगणना प्रक्रियालाई लिएर विस्तृतरूपमा जानकारी गराइन्। उनले पहिलो चरणको जाँच, विभिन्न क्षेत्र र विशेष निर्वाचन क्षेत्रका लागि समर्पित मतगणना हलहरूको बारेमा पनि अवगत गराइन्। उनले केन्द्रमा इलेक्ट्रोनिकली ट्रान्समिटेड पोष्टल मतपत्र प्रणाली (ईटीपीबीएस) लाई राम्ररी स्क्यान गरी संघ र संसदीय क्षेत्र लगायत ८ वटा विधानसभा निर्वाचन क्षेत्रका लागि प्राप्त डाक मतपत्रको संख्या आदान प्रदान गर्ने समेत जानकारी दिइन्।

त्यसैगरी अतिरिक्त जिल्लापालले इभिएम र डाक मतपत्रमा हुने मतगणना प्रक्रिया सम्बन्धी जानकारी गराए। मतगणनाको दिन सम्पूर्ण मतगणना प्रक्रिया सामान्य पर्यवेक्षकले अवलोकन गर्ने उनले जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement