देउरालीमा पर्यावरण विषयमाथि समीक्षा कार्यक्रम सम्पन्न

IMG-20240522-WA0304.jpg

गान्तोक: देउरालीस्थित सिदकेकुङ तुल्कूको प्रेक्षागृहमा पर्यावरण सम्वन्धिलाई लिएर समीक्षा कार्यक्रम सम्पन्न भयो।वन विभागका सचिव प्रदीप कुमारकोअध्यक्षतामा सम्पन्न भएको सभामा वन विभाग एवम माटो संरक्षण सर्कल एस, इलामुरुगननले कार्यक्रममा सहभागीहरूलाई स्वागत जनाउँदै यस कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्यबारेमा विस्तृतरूपमा जानकारी गराए। सहभागीहरूलाई पावरपोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा सिक्किमका उद्योगहरूमा लागू हुने सान्दर्भिक वातावरणीय, वन र वन्यजन्तु मापदण्डहरूप्रति संवेदनशील बनाइएको जानकारी गराए। सोही क्रममा एपीसीसीएफ सन्दीप ताम्बेले विभागका विभिन्न योजनाहरू जस्तै मेरो रुख मेरो सन्तती, पशु दत्तक योजना, सडकको सौन्दर्यीकरण, आदि, जसमार्फत उद्योगहरूले वन तथा वातावरण विभागसँग साझेदारी गर्न सक्छन् भन्ने कुरा बताए।

विभागको एमाआरएमएस र पशु दत्तक योजना सम्बन्धी संक्षिप्त भिडियो मार्फत सहभागीहरूलाई जानकारी गराइयो। यसपबारेमा उल्लेखित योजनाहरुबारे जानकारी गराउनको निम्ति पुस्तिका पनि उद्योग सहभागीहरुलाई वितरण थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement