गान्तोक: नामग्याल इन्सटीट्यूट अफ् टिबेटोलजीले आज संस्थापक अध्यक्ष स्वार्गीय मिवाङ छोग्याल पाल्देन थेन्डुप नामग्यालको १०१औं जन्मजयन्ती पालन गऱ्यो।देउरालीस्थित छोग्याल पाल्देन थेन्डुप नामग्याल मेमोरियल पार्कमा आयोजना गरिएको यस कार्यक्रममा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने सिक्किम विधानसभाका पूर्व अध्यक्ष अरूण कुमार उप्रेती, पूर्व मन्त्री सोनम लामा लगायत अन्यहरूको पनि सहभागिता रहेको थियो। आफ्नो स्वागत सम्बोधनमा एनआईटीका निर्देशक ,डा पासाङ डी. फेम्पुले संस्थान छोग्याल पाल्देन थेन्डुप नामग्यालको विचारको उपज भएको र उनको नाममा नामकरण गरिएको बताए। उनले सिक्किम र विशेष गरी एनआईटीमा छोग्यालको स्थायी विरासत र अमूल्य योगदानमा जोड दिए।
उनले दया, उदारता र धर्म अभ्यासको महत्त्वलाई जोड दिँदै पुण्यको पवित्र बौद्ध महिना सागा दावाको संयोगात्मक महत्त्वमथि प्रकाश पारे।
निर्देशकले राज्यपाललाई संस्थानको लागि मार्गदर्शक शक्तिको भूमिकाको लागि धन्यवाद दिँदै आफ्नो व्यस्त समय भएता पनि कार्यक्रममा उपस्थिति दिएकोमा सम्मान जनाए। उनले एनआईटीसँगको निरन्तर सहयोग र सक्रिय संलग्नताका लागि सम्मानित अतिथिहरूलाई धन्यवाद दिए।
उनले उपस्थितहरूलाई कृतज्ञता व्यक्त गर्दै दिगो विद्वान् प्रयास र सांस्कृतिक संरक्षणको माध्यमबाट छोग्याल नामग्यालको विरासतलाई निरन्तरता दिन सबैलाई आग्रह गरे।