गान्तोक: आगामी मनसुनलाई ध्यानमा राख्दै जोखिममा परेका टिस्टा बेसिनका १९ वटा प्रभावित गाउँका लागि सचेतना शिविर, पीआरए अभ्यास नाम्ची र गान्तोक जिल्लाको निम्ति सम्पन्न भयो। यस अवसरमा आदर्श गाउँको निम्ति सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका उपनिर्देशक जिग्मी भोटिया, सह शहरी योजनाकार दिनेश ढकाल लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेकोथियो।