खरसाङ: आज परेको पानी झरीको समय हावा चल्दा खरसाङको पंखाबारी रोडस्थित बेथानी स्कूल छेउको धेरै पुरानो रूखको हाँगा झरेर एउटा गाड़ीमाथि परेको छ। हावा हुरीले रूखको हाँगा झरेर एउटा अल्टो गाडीको छप्पर क्षतिग्रस्त भएर कुच्चिएको छ। बिहानक समय पानी झरी र हावाको कारणले उक्त रूखको हाँगा झरेर गाडीलाई लागेपछि केही समय पंखाबारी रोडमा गाड़ी आवत जावतमा समस्या भएपनि केही समयपछि सामान्य भएको थियो।