अरुणाचल प्रदेशकी कबाक यानो सगरमाथा आरोहण गर्ने राज्यकी पाँचौं महिला बनिन्

Arunachal-Pradesh-3

इटानगर: अरुणाचल प्रदेशकी काबाक यानो विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.६ मिटर) आरोहण गर्ने राज्यकी पाँचौं महिला बनेकी छन्। उनले २१ मईको बिहान ११ बजेर ५० मिनटमा सगरमाथाको चुचुरो आरोहण गरेर राज्यलाई गौरवान्वित बनाएकी हुन्। राज्यका अन्य चार महिला पर्वतारोही तिन मैना, अंशु जमसेन्पा, मुरी लिङ्गी र टासी याङ्जोमले यसअघि नै उपलब्धि हासिल गरिसकेका छन्। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डुले आफ्नो एक्स खातामा आरोहीलाई उनको उपलब्धिको लागि बधाई दिएl उनले लेखेका छन्, ‘सगरमाथा आरोहणको अविश्वसनीय उपलब्धिको लागि कम्ले जिल्लाका काबाक यानोलाई बधाई छ! अरुणाचल प्रदेशबाट विश्वको सर्वोच्च शिखरसम्मको उनको यात्रा उनको समर्पण र लगनशीलताको प्रमाण हो।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement