विश्व प्यारा एथलेटिक्समा स्वर्ण पदक कायम राखे सचिन सर्जेरावले

IMG-20240522-WA0279.jpg

कोबे (जापान): भारतका सचिन सर्जेराव खिलारीले विश्व प्यारा एथलेटिक्स च्याम्पियनशीपमा पुरुषहरूका शट्पुट एफ४६ वर्गमा एशियन रेकर्डको साथ स्वर्ण पदक जिते अनि भारतले टुर्नामेण्टमा आफ्नो अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन पनि गरेर देखायो। भारतले अहिलेसम्म प्रतियोगितामा ५ वटा स्वर्णसहित ११ वटा पदक जितेको छ। यसअघि भारतले २०२३-मा पेरिसमा ३ वटा स्वर्णसहित १० वटा पदक जितेको थियो। सचिनले १६.३० मीटर थ्रो गरेर आफ्नै रेकर्डमा सुधार गरे। यसअघि उनको सर्वश्रेष्ठ थ्रो १६.२१ मीटरको रहेको थियो, जुन उनले गत वर्ष पेरिसमा विश्व प्यारा एथलेटिक्स च्याम्पियनशीपमा बनाएका थिए। सचिनले स्वर्ण पदक जितेपछि भने, म यस्तै प्रदर्शनको आशा गरिरहेको थिए अनि म खुशी छु। मैले पेरिस प्यारालम्पिकको निम्ति क्वालीफाई गरिसकेको छु अनि त्यहाँ पनि स्वर्ण पदक जित्ने कोशिश गर्नेछु। प्रतियोगितामा अझ ३ दिन बाँकी छ अनि प्रशिक्षक सत्यनारायणलाई पदकको संख्यामा बढ़ोत्तरी हुने आशा रहेको छ। उनले भने, हामीलाई अझ दुईवटा स्वर्ण पदकको आशा छ। पदकको संख्या १७-सम्म पुग्न सक्छ। यसअघि मंगलवार प्यारालम्पिक च्याम्पियन सुमित अंतिलले एफ४६ ज्याभलिन थ्रो-मा आफ्नो स्वर्ण पदक कायम राखेका थिए। यसबाहेक थंगावेलु मरियप्पन र एकता भयानले पनि स्वर्ण पदक जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement