मणिपुरमा हतियारहरूको ठूलो संख्या जफत

22-5-2024-12-7-48-662.jpeg

इम्फाल: राज्यमा हतियार अनि गोला-बारूदको निरन्तर जफतीको क्रममा संयुक्त सुरक्षा बलहरूको अभियान अवधि फेरि पनि व्यापक मात्रामा हतियार अनि गोला-बारूद जफत गरिएको छ। मणिपुर पुलिसले आज बतायो, सुरक्षा बलहरूद्वारा राज्यका हिमाली अनि उपत्याका दुवै जिल्लाहरूको सीमावर्ती एवं संवेदनशील क्षेत्रहरूमा खोजी अभियानसितै क्षेत्र प्रभुत्व संचालन गरियो।

खोजी अभियान अवधि चुराचाँदपुर जिल्लाको मोंगजोंग क्षेत्रबाट ठूलो संख्यामा हतियारहरू जफत गरियो जसमा म्यागजिनसितै एउटा १२.५ असल्ट राइफल, एउटा सिंगल शर्ट बोल्ट एक्शन राइफल, म्यागजिनसितै दुईवटा ९ मिमी पेस्तोल, ९ मिमी सीएमजीको एउटा म्यागजिन, १५ जीवित कारतूस, एक शर्ट रेञ्ज मोर्टार र छः दंगा-रोधी गोला सामेल छन्। सुरक्षा बलहरूले राज्यभरि नै अभियान जारी राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement