नयॉं दिल्ली: उपराष्ट्रपति जगदीप धनखड़ ईरानको राष्ट्रपति डा. सैय्यद इब्राहिम रईसीको निधनमा शोक व्यक्त गर्न र आधिकारिक समारोहमा भाग लिनका लागि आज नयॉं दिल्लीबाट इस्लामिक गणराज्य ईरान प्रस्थान भएका छन्। रईसीको बिहिवार अन्तिम संस्कार सम्पन्न गरिने छ।
यस अघि मंगलवार विदेश मन्त्री एस. जयशंकरले दिल्लीमा ईरानी दूतावासको भ्रमण गरेका थिए। उनले हेलिकप्टर दुर्घटनामा राष्ट्रिपति रईसी र विदेशमन्त्री अमीरबदोल्लहियानको मृत्युमा भारतको तर्फबाट गहिरो समवेदना व्यक्त गरे। जयशंकरले भने, भारत यस कठिन समयमा इरानका जनतासँग ऐक्यबद्धतामा उभिएको छ।
उल्लेखनीय छ, ईरानमा हेलिकप्टर दुर्घटनामा दिवंगत राष्ट्रपति इब्राहिम रईसीको अन्तिम संस्कार कार्यक्रम मंगलवार शुरू भएको छ। ईरानका उपराष्ट्रपति मोहसिन मंसूरीले रईसीको अन्तिम संस्कार 23 मईमा उत्तर पूर्व पवित्र शहर मशहदमा सम्पन्न गरिने घोषणा गरेका छन्। 28 जूनमा नयॉं राष्ट्रपति पदको चुनाउ हुनेछ।