सिलगढी: हिमाचल प्रदेशमा हुने राष्ट्रिय स्तरको कुडो प्रतियोगितामा उत्तर बङ्गालका ६५ खेलाडी सहभागी हुने भएका छन्। अन्तिम समयको तयारी तिव्र गतिमा भइरहेको छ। हिमाचल प्रदेशमा आगामी २५ देखि ३१ मईसम्म राष्ट्रिय स्तरको कुडो प्रतियोगिता हुने भएको छ। यस पटक यो प्रतियोगितामा पश्चिम बङ्गालका कुल ८० प्रतियोगी सहभागी हुने भएका छन्। प्रतियोगीमा ३८ जना केटीहरु र ४२ जना केटाहरु रहेका छन्। यसमा उत्तर बंगालका ६५ प्रतियोगीहरू सामेल छन्। प्रतियोगितामा स्वर्ण पदक जितेर सबैजना फर्कन चाहन्छन्।