झापा: सुनसरीको इटहरीस्थित कलंकी चोकमा दुर्घटना हुँदा एक मोटरसाइकलमा आगालागी भएको छ। आगलागीबाट मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको इलाका पुलिस कार्यालय इटहरीले जनाएको छ। पुलिसका अनुसार कलंकी चोकमा पश्चिम तर्फबाट पूर्वतर्फ आउँदै गरेका दुई मोटरसाइकल ठोक्किएका हुन्। कलंकी चोकबाट बसपार्कतर्फ मोडिन लागेको प्रदेश १–०२–०४३ प ६२५३ नं. को पल्सर बाइकलाई पछाडिबाट प्रदेश १–०४–००१ प ८७७६ को मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनापश्चात आगलागी हुँदा पल्सर बाइक जलेर पूर्णरुपमा नष्ट भएको छ भने चालकहरु शकुशल रहेको पुलिसले जानकारी दिएको छ।