मिलन युवा संघ, नेक्सस १३ र एसयूएमआई विजयी

IMG_20220521_201609.jpg

२१ मईः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत शनिवार प्रतिष्ठित रविलाल लामा स्मृति ए डीविजन लीगका तीनवटा म्याच खेलियो। मेला ग्राउण्डमा भएको दिनको पहिलो म्याचमा एसयूएमआई स्कूलले शाक्य युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। यसरी अन्य दुईवटा म्याचमा मिलन युवा संघले होम्स युनाइटेडलाई ३-०-ले अनि नेक्सस १३-ले एसएएस स्कूललाई ३-१-ले पराजित गऱ्यो। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ५ जूनमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement