सिलगढी: (न्युज एशिया): गएराति भक्तिनगर पुलिस चौकी अगाडि रहेको दुई पसल जलेर नष्ट भएको छ। आगो निभाउनका लागि दमकलको दुईवटा गाडी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लियोl स्थानीयवासीले जानकारी दिएका अनुसार गएराति पहिलो तरकारी पसलमा आगो लागेको थियो भने दोस्रोमा अर्को पसलमा आगो लागेको थियो। आगलागी देखेर नजिकैको पुलिस चौकीका पुलिस घटनास्थलमा पुगेका थिए। दमकल विभागलाई जानकारी गराएपछि सलुगाराबाट एउटा इन्जिन र सिलगढीबाट अर्को इन्जिन लिएर घटनास्थलमा पुगेर केही घण्टाको मेहनतपछि आगो नियन्त्रणमा आएको थियो। खबर पाएलगत्तै एमआईसी कमल अग्रवाल पनि घटनास्थल पुगेका थिए।

आगलागी नियन्त्रणमा आएपछि दमकल तारिक अजिदले सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको बताए। आगलागीबाट लाखौंको क्षति भएको छ सिलगढीका मेयर गौतम देवले बुधबार आगलागी स्थलको भ्रमण गरे र प्रभावित व्यवसायीहरूसँग कुरा गरे।