सिलगढी: फाँसीदेवाको कान्तिभिटामा यसै महिना १५ तारिख भएको दुखद दुर्घटनापछि सांसद राजु विष्ट आज हेलागाछ गाउँ पुगेका छन्। उनले घाइते र मृतकका परिवारलाई भेटेर समवेदना व्यक्त गरेका छन्। साथै सक्दो सहयोग गर्ने आश्वासन दिए। यसपछि उनले यस दुखद दुर्घटनामा तीन जनाको मृत्यु भएको र गाउँका कैयौं मानिस घाइते भएको बताए। हाल १६ घाइते निको भइसकेका छन् भने धेरैको उपचार भइरहेको छ। उनले यो निकै दुखद घटना भएको बताए। ‘म पीडित परिवारको साथमा छु’, उनले भने। घाइतेको उपचारमा भएको कमजोरीबारे उनले यसमा मेडिकल कलेजको कुनै दोष नभएको बताए। पूर्वाधार नै छैन भने डाक्टरले के गर्ने? घाइतेको उपचारमा कसैले वास्ता नगरेको उनले बताए। उनले प्रशासनको भूमिकाको पनि आलोचना गरे। सांसद राजु विष्टले मेडिकल कलेजमा गएर सम्पूर्ण अवस्थाको छानबिन गर्ने बताए। उनले लागुऔषध उन्मूलन अभियान चलाउने आश्वासन दिए। उनले नशा मुक्तिका लागि समाजलाई अगाडि आउन आग्रह गरे।