सिलगढी: (न्युज एशिया) रेलको धक्काबाट मानसिक रूपमा दिव्यांग व्यक्तिको मृत्यु भएको छ। घटना नक्सलबारीको बेनगाईजोत क्षेत्रमा भएको हो। आज बिहान स्थानीयले नक्सलबारीको बेनगाईजोत रेलवे लाइनमा एक व्यक्तिलाई सुतेको देखे। घटनापछि स्थानीयको भीड जम्मा भयो। ट्र्याकमा शव भेटिएपछि सियालदह–अलिपुरद्वार जाँदै गरेको कञ्चनकन्या एक्सप्रेस रोकियो। घटनाको जानकारी पाएलगत्तै रेलवे पुलिस अधिकारीहरू घटनास्थलमा पुगेर शवलाई रेलवे लाइनबाट निकालेपछि रेल प्रस्थान गर्यो। रेलको धक्काबाट मृत्यु भएको स्थानीयको अनुमान छ। मृतक पूर्ण राय (४२) खोरीबारी वारिसजोटा निवासी थिए। ती व्यक्ति लामो समयदेखि मानसिक रोगी थिए। शव बरामद गरी पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइनेछ। जीआरपी र नक्सलबारी पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।










