खेलमा कायम रहन फिटनेसलाई जरुरी बताए धोनीे

IMG-20240522-WA0136.jpg

नयाँ दिल्ली: चमत्कारी विकेटकीपर-ब्याटर महेन्द्र सिंह धोनीले बताएअनुसार, उनीसँग कठोर मेहनत गर्ने अनि फिट रहने बाहेक अन्य कुनै विकल्प छैन कारण पेशादार खेलहरूमा कसैलाई पनि उमेर सम्बन्धी छूट प्राप्त हुँदैन। भारतीय क्रिकेट टीम र चेन्नई सुपर किंग्सका पूर्व कप्तान ४३ वर्षको नजिक पुगे पनि फिटनेसको मामिलामा अहिले पनि कसैभन्दा कम्ती छैनन्। आईपीएल २०३४-मा पनि उनले तल्लो क्रममा ब्याटिंग गर्दै १४ वटा म्याचमा २२०.५५-को अभूतपूर्व स्ट्राईक रेटले १६१ रन बनाए। मैदानमा उनको फिटनेस देखेर धेरैले त धोनीले अझ दुईवटा आईपीएलमा हिस्सा लिन सक्ने बताएका छन् तर यस महान क्रिकेटरले पूरा साल कुनै क्रिकेट नखेली सीधै आइपीएलमा ओर्लिएर असल प्रदर्शन गर्नु कठिन हुने स्वीकार गरे। सोशल मीडियामा भायरल भीडियोमा धोनीले भनेका छन्, म पूरा साल प्रतिस्पर्धी क्रिकेट खेल्दिन अनि यही सबैभन्दा मुश्किल कुरा हो। यसैकारण फिट रहनु पर्छ। यहाँ (आईपीएल) खेल्न आउँदा तपाईंले युवाहरूसँग प्रतिस्पर्धा गर्नु पर्छ, जो फिट र अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका हुन्छन्। पेशादार खेल सजिलो हुँदैन अनि तपाईंलाई उमेरको हिसाबले छूट प्राप्त हुँदैन।
दुबई आई १०३.८ यूट्यूब च्यानलमा जारी भीडियोमा धोनीले भनेका छन्, खेल्नको निम्ति तपाईं पनि अन्य खेलाड़ीहरू झैं फिट रहनु पर्छ। यसैकारण खानपीनको आदत र प्रशिक्षणमा विशेष ध्यान दिनु पर्छ। यसबाहेक सोशल मीडियाको पनि असर हुन्छ तर म सोशल मीडियामा अधिक छुइनँ। यसैकारण ध्यान भंग हुँदैन। धोनी आफ्नो घरमा रहँदा खेती गर्न, बाइक चलाउन अनि पुरानो कारहरूसँग समय बिताउन रूचाउँछन् कारण यसलाई उनी स्ट्रेस बस्टर (तनाउ कम्ती गर्ने) मान्छन्। उनले भने, अन्तर्राष्ट्रिय क्रिकेट छोड़ेपछि म आफ्नो परिवारसँग अधिक समय बिताउन चाहन्थे। म मानसिक रूपले सक्रिय रहनको साथै आफ्नो शौकमा ध्यान दिन चाहन्थे। मलाई खेती गर्नु, बाइक चलाउनु र पुरानो कारहरूका शौक रहेको छ। तनाउमा हुँदा म आफ्नो ग्यारेजमा गएर केही घण्टा समय बिताउन मन पराउँछु। सीएसके-का पूर्व कप्तान धोनीको भनाइअनुसार, तपाईंले ती व्यक्तिहरूका सम्मान अर्जिन गर्नु पर्छ जसको तपाईंले नेतृत्व गर्नु हुन्छ। उनले भने, सम्मान भन्ने कुरा कसैबाट मागेर हासिल गर्न सकिँदैन। यसलाई अर्जित गर्नु पर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement