झापा: मोरङमा करेन्ट लागेर मंगलबार बिहान एक पुरुषको मृत्यु भएको छ। मोरङ पुलिसका अनुसार बेलबारी नगरपालिका- ९ बेराखुनीका ३७ वर्षीय अनिल शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो ।शेर्पाले आफ्नै फार्मभित्र कुखुरा फार्म सञ्चालन गरेका थिए। फार्मभित्र पंखा जोड्ने क्रममा बिहान ९ः२० बजेतिर उनलाई करेन्ट लागेको थियो।पंखा जोड्दै गर्दा विद्युत प्रवाह भइरहेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका शेर्पालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो।अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।