झापा: मोरंग जिल्लाको विराटनगरस्थित जिल्ला कारागार मोरङका एक जना कैदीको मंगलबार मई २१ बिहान मृत्यु भएको छ।मोरङको पथरीशनिश्चरे नगरपालिका- १० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको कारागारका जेलर चेतराज बरालले जानकारी दिए।उनका अनुसार खाना खाएर बसेका थापा बिहान ११ः४५ बजेतिर अचानक बेहोस भएर ढलेका थिए। एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको कोशी प्रादेशिक अस्पताल लगिएको थियो।अस्पताल पुर्याउनसाथ चिकित्कसले मृत घोषित गरेको जानकारी बरालले दिए।थापालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले २०२३ फरबरीमा २ वर्ष कैद सजायको फैसला गरेको थियो। तर, त्यसअघि २०२३ सितम्बरमा अदालतले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिँदै कारागार चलान गरेको थियो। अदालतको फैसालअनुसारको सजाय भुक्तान गरिरहेका थापाको मृत्यु भएको जेलर बरालले बताए।