छाङ्गु, नाथुला र बाबा मन्दिर पर्यटक आकर्षण गर्ने मुख्य माध्यम

old-baba-mandir.jpg

गान्तोक: सिक्किमको पूर्व दिशामा रहेको चर्चित पर्यटकीय गन्तव्य छाङ्गु नाथुला र बाबा मन्दिर पर्यटक आकर्षण गर्ने मुख्य माध्यम हो। यहाँको प्राकृतिक सुन्दरता र हिउँदो याममा थुप्रिने सेताम्मे हिउँले अहिलेसम्म पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ। प्राकृतिक रूपमा सुन्दर यी ठाउँहरूमा अहिले बसन्त यामको अन्तिम दिनहरूमा पनि लटरम्म गुरासँको फुल फुलिरहेको छ, जुन पर्यटकलाई आकर्षित गर्ने छुट्टै माध्यम बन्न सक्छ। विशेष गरेर लाली गुराँसभन्दा बेग्लै प्रजातिका गुराँसहरूको फुल लामो समयसम्म टिक्ने भएको हुनाले यसलाई हेर्ने पर्यटकहरूलाई लामो समयसम्म आकर्षित गर्न सक्ने सम्भावना छ।

जवहारलाल नेहरू रोडको १५ माइलदेखि उकालो लागेपछि लटरम्म फुलेका गुराँसहरूले निश्चित रूपमा मानिसहरूको ध्यान आकर्षित गर्न सक्छ। अहिलेसम्मको प्राप्त आधिकारिक आँकडाअनुसार सिक्किम हिमालयमा ३६ प्रजातिका गुराँस ४५ विभिन्न प्रकारका (उपप्रजाति र प्रजातिहरू सहित) पाइन्छ। त्यसो त युमथाङ उत्तर सिक्किम र पश्चिम सिक्किमको कालिझार फोक्टे तथा बर्से गुराँस उद्यान विभिन्न प्रजातिको गुराँसकै निम्ति प्रचलित छ।

हिउँ हेर्ने र छाङ्गु ताल र अन्तरराष्ट्रिय सिमाना दर्शन उत्तेजना प्रमुख रहे पनि अहिले मई महिनाको अन्तिम सातातिर पनि लटरम्म फुल्ने गुराँसको वन पाखामा पनि पर्यटकलाई डुलाउने र नजिकबाट हेर्न सक्ने व्यवस्था मिलाउने हो भने यो क्षेत्रको छुट्टै रौनकता र पर्यटकको निम्ति आकर्षणको थप महत्व बन्ने देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement