गान्तोक: पाकिम जिल्लाका काउन्टिङ सुपरभाइजर,काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबजर्भरहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आज रूरवन कम्पलेक्समा सम्पन्न भयो। यस प्रशिक्षण कार्यक्रमको सञ्चालन राज्यस्तरीय मास्टर ट्रेनर मेरिना राईले गरेकी थिइन् भने दोस्रो चरणको प्रशिक्षण कार्यक्रमको सञ्चालन जिल्लास्तरीय मास्टर ट्रेनर तेञ्जिङ पेमाले गरेकी थिइन्। यस प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य मतगणना प्रक्रियाको शुद्धता र व्यवस्थित ह्यान्डलिङ सुनिश्चित गर्न, मतगणनाको समयमा हुने कुनै पनि भूलहरूलाई न्यून गराउनु पर्ने विषयमा जोड दिएको थियो।
प्रशिक्षणको क्रममा प्रशिक्षकहरूले मतगणना प्रक्रियामा महत्वपूर्ण पहलहरूबारे प्रकाश पार्दै सही विषयमाथि जोड दिए।