आपदा प्रबन्धनलाई लिएर संयुक्त कार्यक्रम सम्पन्न

IMG-20240521-WA0432.jpg

गान्तोक: सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण र जिल्ला आपदा प्रबन्धन प्राधिकरणको संयुक्त पहलमा आज दोस्रो दिनको प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम विशेष गरेर पाकिम जिल्ला अन्तर्गत टिस्टा नदीको प्रभावमा पर्ने संवेदनशील क्षेत्रका मानिसहरूलाई लिएर आयोजना गरिएको थियो। सिङताम स्थित गोलीटारमा आयोजना गरिएको यस प्रशिक्षण कार्यक्रममा सरोकारवाला र अधिकारीहरूलाई लिएर समस्या समाधान गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यक्रममा विशेष गरेर आगामी मनसुन सत्रमा उत्पन्न हुने विभिन्न प्रकारको नकारात्मक प्रभावबारे रणनीति अप्नाउनु पर्ने विषयमा जानकारी गराइयो। आपदा प्रबन्धन तयारी र यसबारे रणनीति तयार गरिनु पर्ने विषयमा आयोजित कार्यक्रममा विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। आपतकालिनको समयमा प्रभावकारी ढंगले प्रतिक्रिया दिन र न्यूनीकरण गर्न व्यक्ति र समुदायलाई आवश्यक सीप र ज्ञानले सुसज्जित गर्ने सहयोगको प्रशंसा गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement