गान्तोक: आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभाको मतगणनालाई तयारीलाई लिएर मुख्य चुनाउ अधिकारी हेम कुमार छेत्रीको निर्देश बमोजिम काउन्टिङ सुपर भाइजर र काउन्टिङ एसिस्टेन्ट अधिकारीहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आज मंगन जिल्लाको कृषि विज्ञान केन्द्रको प्रेक्षागृहमा सम्पन्न भयो। एक दिवसीय प्रशिक्षण कार्यक्रम मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको निगरानीमा सम्पन्न भएको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य मतगणनाको समयमा कूनै प्रकारको भूल नहोस र शून्य भूलरहित होस् भन्ने रहेको थियो। जिल्ला चुनाउ अधिकारी एवम मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले सभालाई सम्बोधन गर्दै प्रशिणार्थीहरूलाई लगनशीलताको साथमा प्रशिक्षण सत्रमा पुग्नु पर्ने साथै सत्रमा उत्पन्न हुन सक्ने कुनै पनि समस्यालाई शीघ्र समाधान गर्नुपर्ने आग्रह गरे। यस कार्यक्रमको नेतृत्व महकुमा अधिकारी किरण ठटाल, राज्यस्तरीय मास्टर ट्रेनर पाल्देन लाचुङपा लगायत अन्य अधिकारीहरूले गरेका थिए। प्रशिक्षण सत्रमा विशेष गरेर मतगणनालाई प्रक्रियालाई नियम अनुसार सुचारूरपमा सञ्चालन गर्न प्रशिणार्थीहरूलाई सुझाउ दिएका छन्।